काठमाडौं । साताको पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.३८ अंकले बढेको छ । गत साता अन्तिम कारोबार दिन (बिहीबार) ४३.०५ अंकले बढ्दै बन्द भएको नेप्से पहिलो कारोबार दिनको प्रि सेसनमा दोहोरो बढेको हो ।
१६.३८ अंकले बढ्दै प्रि ओपन सेसनमा नेप्से ३०१७.२० को बिन्दुमा उक्लिएको छ ।
यो सेसनमा एक लाख १० हजार ७६४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम चार करोड ५९ लाख ८६ हजार रुपैयाँ बराबरको भयो ।
प्रि–ओपन सेसनमा कारोबार भएका ११६ कम्पनीमध्ये ६८ कम्पनीको मूल्य बढेको छ भने ३० कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ ।
प्रि सेसनमा सबैभन्दा बढी प्रोगेसिभ फाइनान्सको कारोबार भएको छ । जसको कारोबार रकम मात्रै ४७ लाख ३३ हजार रुपैयाँको भयो ।
लगातार बृद्धिका बीच बिहीबार नेप्से ३ हजारको बिन्दुमा उक्लिएको थियो । बिहीबार लगातार उकालोमा रहेको नेप्से अन्तिम समयमा केही बढी अंकले घटेपनि बजार ३ हजारको बिन्दुमा अडिन सफल भएको थियो ।
यद्यपि, आइतबारको प्रि सेसनमा दोहोरो अंकले बढ्दै ठूलो स्केलमा कारोबार हुनुले नेप्सेमा थप उत्साह छाउने देखिएको छ ।