काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा एकै दिन हजारले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबारको तुलनामा प्रतितोला ३ हजार रुपैयाँले बढ्दै आइतबार सुन प्रतितोला एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो ।
रेकर्ड राख्नेगरी सुनको मूल्यमा बृद्धि हुँदा चाँदीको मूल्यमा पनि एकै दिन प्रतितोला ५० रुपैयाँले बृद्धि भएको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा ५० रुपैयाँले बढ्दै आइतबार चाँदी प्रतितोला एक लाख ८ हजार १० रुपैयाँ पुगेको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २५०८ डलर छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा ५० डलरले बढेको हो ।
विशेषगरी मध्यपूर्वमा संकट बढ्दै गर्दा सुनको मूल्यमा भारी बृद्धि भइरहेको छ । जसको प्रभाव स्वरुप स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको देखिन्छ ।