काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् ।
परराष्ट्र मन्त्रालयले जनाएअनुसार उनले आगामी पाँचदिन भारतमा बिताउनेछिन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा गएकी राणाले त्यसक्रममा उनले समकक्षी जयशंकरसहित भारतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने जनाइएको छ ।
राणाको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको परराष्ट्रले जनाएको छ ।
यद्दपि, एकपछि अर्को बाह्य भ्रमणका बिच राणाको भारत भ्रमणलाई सामान्यकृतरूपमा मात्रै बुझ्न सकिँदैन । गठबन्धन परिवर्तनमा भारत त्यति खुसी नभएको बताइरहँदा पछिल्लो भ्रमण अविश्वास मेटाउने कोणबाट हुनसक्ने साथै, प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तय गर्ने तयारीको रुपमा पनि बुझिएको छ ।