अर्थमा व्यापक जिम्मेवारी हेरफेर : भन्सारमा पुडासैनी, राजस्वमा आचार्य-Sutra News

अर्थमा व्यापक जिम्मेवारी हेरफेर : भन्सारमा पुडासैनी, राजस्वमा आचार्य

आइतबार, २ भाद्र २०८१

आइतबार, २ भाद्र २०८१

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयमा सहसचिवहरुको व्यापाक जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थमा आएका सहसचिवहरुको जिम्मेवारी तोक्दै पौडेलले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।



निर्णयअनुसार सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक भएका छन् भने रामप्रसाद आचार्य आन्तरिक राजस्व विभागको महानिर्देशक भएका छन् ।

मन्त्रिपरिषद्ले भन्सारका महानिर्देशक ढुण्डीराज निरौलालाई स्वास्थ्य र आन्तरिक राजस्वका महानिर्देशक शिवलाल तिवारीलाई कर्णाली प्रमुखको कार्यालयमा सरुवा गरेको थियो ।

यसैगरी, दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा नियुक्त गरिएको छ । कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।

त्यस्तै, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक, दीपक लामिछानेलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक जिम्मेवारी तोकिएको छ।

यसैगरी मन्त्रालयले यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिएको छ।

त्यसैगरी, उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा र महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको छ ।

अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट