२१ दिनका लागि एक खर्ब तरलता खिच्दै राष्ट्र बैंक-Sutra News

२१ दिनका लागि एक खर्ब तरलता खिच्दै राष्ट्र बैंक

आइतबार, २ भाद्र २०८१

आइतबार, २ भाद्र २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एक खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता आएसँगै राष्ट्र बैंकलले तरलता खिच्न लागेको हो ।



राष्ट्र बैंकका अनुसार आइतबार निक्षेप संकलन उपकरणमार्फत एक खर्ब तरलता खिच्न लागिएको हो । जम्मा २१ दिनका लागि बोलकबोल हुने उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ ।

बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल पेस गर्न सक्ने छन् ।

उक्त उपकरण राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट