अर्बपति डोनाल्ड ट्रम्पको सम्पत्ति कति छ ?-Sutra News

अर्बपति डोनाल्ड ट्रम्पको सम्पत्ति कति छ ?

आइतबार, २ भाद्र २०८१

आइतबार, २ भाद्र २०८१

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति सार्वजनिक भएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार ट्रम्पले चुनावी प्रयोजनका लागि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।



ट्रम्पले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग गल्फ कोर्सदेखि रियल इस्टेटका सम्पत्तिहरू रहेको देखिएको छ । जसमा एक मिलियनभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी र साढे दुई लाख डलर मूल्य अर्थात २२५ तोला सुन रहेको छ । ट्रम्पले दुई सयभन्दा बढी पृष्ठमा आफ्नो सम्पत्ति विवरण उतारेका थिए ।

त्यस्तै, ट्रम्पसँग एक मिलियन डलर र पाँच मिलियन डलरको बीचको इथरियमको स्वामित्व छ । ट्रम्पको आफ्नै सोशल मिडिया प्लेटफर्म छ । यसलाई ट्रुथ सोसियल भनिन्छ । जुन गत मार्चमा सार्वजनिक भएको थियो ।

उनीसँग ११४ मिलियनभन्दा बढी शेयर छन् । जसको प्रति शेयर मूल्य २३ डलर रहेको छ । अर्थात् हालको शेयर मूल्य दुई अर्ब डलरभन्दा बढी छ । यद्यपि, ट्रम्पले लकअप सम्झौताको कारण यी शेयर बेच्न सक्दैनन् ।

त्यस्तै ट्रम्पले ग्रीनवुड बाइबलको बिक्रीबाट तीन लाख डलर, लेटर्स टू ट्रम्प बेचेर ४.४ मिलियन डलर, ए मेगा जर्नी यात्राबाट पाँच लाख डलर कमाएको उल्लेख छ । उनले द आर्ट अफ द डिलसहित धेरै पुस्तकहरूबाट रोयल्टीहरू प्राप्त गर्न जारी राखेका छन् ।

ट्रम्पको न्यू जर्सीमा बेडमिन्स्टर गल्फ कोर्सले ३७ मिलियन डलर कमाएको छ भने फ्लोरिडामा रहेको उनको जुपिटर गल्फ कोर्सले ३१ मिलियन कमाएको उल्लेख छ ।

स्कटल्याण्डमा रहेको उनको टर्नबेरी गल्फ कोर्सले ३३.५ मिलियन डलर कमाएको रिपोर्टमा उल्लेख छ । उनको फ्लोरिडामा प्रमुख रिसोर्ट मार-ए-लागोले ५६ मिलियन डलरभन्दा बढी कमाएको बताएका छन् ।

त्यसैगरी, ट्रम्पले स्क्रिन एक्टर्स गिल्डबाट वार्षिक ९० हजार डलर पेन्सन प्राप्त गर्दन् । एमएफटी र आईएनटीबाट लाइसेन्स शुल्कमा ७.१५ मिलियन कमाएको उल्लेख छ । उनकी श्रीमती मेलानिया ट्रम्पले एनएफटी बेचेर तीन लाख ३० हजार डलर कमाएकी छन् ।

यसबाहेक ट्रम्पले दुबईबाट ३० लाख डलर र ओमानबाट २० लाख डलरसहित विश्वभर लगानी गरेको उल्लेख छ । ट्रम्पले आफ्नो विवरणमा ऋण रहेको समेत उल्लेख गरेका छन् ।

उनको जीन क्यारोललाई एक मिलियनदेखि ५ मिलियन डलर र न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयमा ५० मिलियनभन्दा बढी ऋणी छन् । यी ऋणहरू कानूनी निर्णय र व्यापार ठगी तथा यौन उत्पीडनका मुद्दासँग सम्बन्धित जारी अपीलबाट उत्पन्न भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट