पूर्वाधार विकास समिति विधेयकलाई समयअनुकूल बनाउन सांसदहरूको माग-Sutra News

पूर्वाधार विकास समिति विधेयकलाई समयअनुकूल बनाउन सांसदहरूको माग

आइतबार, २ भाद्र २०८१

आइतबार, २ भाद्र २०८१
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल भएको छ ।



आइतबार सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदले विधेयकलाई समयअनुकूल र न्यायोचित बनाउनका लागि संशोधन राखिएको धारणा राखेका छन् । सांसद उदय शमशेर राणाले ऐन नबाझिने गरी कानून निर्माण गर्नु पर्ने बताए ।

जलश्रोतका सम्पूर्ण निकायलाई एउटै छातामुनी ल्याउने कामले लगानीलाई प्रोत्साहित गर्ने बताउँदै उनले लगानी आइसकेपछि पनि सहज रुपमा काम अघि बढाउन कानून बनाउनु पर्नेमा जोड दिए ।

यस्तै, सांसद दिलेन्द्र बडुले जलस्रोत विधेयक २०८१ मा आयोग गठन गर्ने विषयलाई थप स्पष्ट पार्नु पर्ने बताए । जलस्रोत विद्येयक २०८१ लाई राष्ट्रय हितमा हुने गरी जटिलता हटाएर अघि बढाउनु पर्ने धारणा राखे ।

विधेयकलाई समृद्ध बनाउनका लागि आफूलगायत धेरै सांसदले संयुक्त संशोधन राखेको उनले जानकारी दिए । जलस्रोत क्षेत्र र सोसम्बन्धी कानूनको सुधार तथा परिमार्जन गर्ने उद्देश्यका साथ सरकारले उक्त विधेयक ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट