एकै वर्षमा भित्रियो झण्डै साढे १४ खर्बको रेमिट्यान्स-Sutra News

एकै वर्षमा भित्रियो झण्डै साढे १४ खर्बको रेमिट्यान्स

आइतबार, २ भाद्र २०८१

आइतबार, २ भाद्र २०८१

काठमाडौं । गत आर्थिक वर्ष २०८०-८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । आइतबार सार्वजनिक भएको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिमा राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको जनाएको हो ।



राष्ट्र बैंककाअनुसार गत आवमा सात लाख ४१ हजार युवा रोजगारीका लागि विदेशी भूमिमा पुगेका छन् । गत आवमा वैदेशिक रोजगारीमा संस्थागत तथा व्यक्तिगत गरी चार लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९९ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट