मूल्य वृद्धि पाँच दशमलव ४४ प्रतिशत, विदेशी मुद्रा सञ्चिति कति ?-Sutra News

मूल्य वृद्धि पाँच दशमलव ४४ प्रतिशत, विदेशी मुद्रा सञ्चिति कति ?

आइतबार, २ भाद्र २०८१

आइतबार, २ भाद्र २०८१

काठमाडौं । गत आर्थिक वर्ष २०८०-८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ ।



नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्य वृद्धि सीमाभित्र देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो ।

यस्तै, शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।

गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट