काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई ‘महाभ्रष्ट’ भन्दै अख्तियार पुगेका नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियारमै भ्रष्टाचार गरेको आरोपमा उजुरी परेको छ ।
सामाजिक अभियन्ता युवराज सफलले खरेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।
स्वयम् खरेलले श्रीमति र छोरालाई नक्कली सुराकी बनाउँदै लाखौं कमिसन खाएको अभिव्यक्ति दिएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सफलले छानबिन लागि माग गरेका छन् ।
खरेलले खुलेआम लाखौं रुपैयाँ खाएको भन्दै दिएको अभिव्यक्तिले अन्यलाई प्रोत्साहन गर्न सक्ने भन्दै सफलले खरेलमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
साथैं, खरेलले विभिन्न प्रकरणमा नक्कली सुराकी तयार गरी कमिसन खाएको बताएको विषयमा पनि छानबिन गर्न सफलले माग गरेका छन् ।