काठमाडौं । नेपालले साफ यू २० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोलले पराजित गरेको हो ।
नेपालको जितका लागि खेलको २४ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बनेको थियो । नेपालसहित ६ देशले भाग लिएको प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ ।
अब नेपालले समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।