राष्ट्रियसभाबाट पनि टीआरसी विधेयक सर्वसम्मत पारित-Sutra News

राष्ट्रियसभाबाट पनि टीआरसी विधेयक सर्वसम्मत पारित

आइतबार, २ भाद्र २०८१

आइतबार, २ भाद्र २०८१
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभामा संक्रमण कालिन न्यायसँग सम्बन्धी (टीआरसी) विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ ।



आइतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतीले स्वीकृत भएको हो ।

उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूका लागि विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले जानकारी दिए । यसअघि बैठकमा उक्त विधेयकमाथि छलफल भएको थियो ।

छलफलका क्रममा आएका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले विधेयक पारित भई ऐन बनेपछि आयोगले निष्पक्ष ढंगले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट