आज जनै पूर्णिमा तपाईंको दिन कस्तो, हेर्नुहोस् राशिफलः-Sutra News

आज जनै पूर्णिमा तपाईंको दिन कस्तो, हेर्नुहोस् राशिफलः

सोमबार, ३ भाद्र २०८१

सोमबार, ३ भाद्र २०८१

आज मिति २०८१ भदौ ३ गते सोमबार । सन् २०२४ अगस्त १९ तारिख । नेपाल सम्बत ११४४ गुंलाथ्व पुन्हि तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

दौडधुप बढ्नेछ । आफ्नै कमजोरीका कारण हातबाट अवसर गुम्न सक्ने समय भएकोले ध्यान दिएर काम गर्नु उचित होला । विशेष सचेतना र मेहनत लगाए अवसर पाइनेछ । सत्कार्यमा जुट्नाले लाभ नै मिल्नेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुर्ने योग छ । कठोर मिहिनेतले काम बढ्नेछ । दिनको पूर्वर्द्ध चुनौतीयुक्त रहेपनि उत्तरार्धदेखि अनुकूलता आउनेछ ।

बृष

कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । नयाँ काममा हात हाल्ने समय आएको छ भने मान(विद्या प्राप्त हुने योग छ । टाढाको यात्रा पनि हुन सक्छ । प्रतिष्ठित कामका कारण अलग वर्चश्व कायम हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । दाम्पत्यसुख वृद्धि हुनेछ । सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ । सुख बढ्नेछ । आरोग्यता रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

उच्च महत्वाकांक्षाको प्रभावले सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने समय छ । आजको् दिन मित्रजनबाट विशेष फाइदा उठाउन सकिएला । खर्च लागे पनि आज चिताएको काम बन्ने योग छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । झमेलाका बाबजुद हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

कर्मबल बढे पनि समय केही चुनौतीयुक्त छ । खर्च बढ्ने र आर्थिक अभावले सताउन सक्छ, तथापि विपरीतलिंगी वा हितैषीहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, तर कामको बोझ भने बढ्नेछ । सफलताको लागि गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

आजको दिन विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । सवल स्वास्थ्यका लागि खानपानमा सजक रहनु हितकर होला । प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । व्यस्तता बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

नयाँ काममा हात हाल्ने समय आएको छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विशेष उपहार हातलागी हुने सम्भावना छ । भोगविलासमा मन रमाउला । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । अध्ययन तथा अध्यापनमा पनि प्रगति होला । पराक्रम बढ्नेछ । आफन्तको साथ प्राप्त होला । समस्याको समाधान मिल्नेछ ।

तुला

प्रेम र मित्रताको बन्धन कसिने समय छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा पुनः प्रयास गर्दा सफलता मिल्नेछ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । व्यपार व्यवसायमा अनुकुलता रहनेछ ।

बृश्चिक

आजको दिन अलिक चुनौतीयुक्त रहला । धनमाल हराउने वा ठगीमा परिने योग छ । अलिक भ्रममा परिएला । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आफ्नाबाटै धोका पाइनेछ । अनावश्यक खर्च पनि बढ्न सक्छ । स्वास्थ्यमा केही कमजोरी र काममा अवरोध आउनाले मन खिन्न रहला । परिवारिक सुख रहनेछ, केही खर्च बढेपनि रोकिएको काम बन्नेछ ।

धनु

आम्दानी भन्दा ज्यादा खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आज ठूला ब्यक्तिबाट मानसम्मान प्राप्त हुने योग पनि छ । मिष्ठान्न भोजन मिल्ला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थअभावले काम रोकिने सम्भावना छ, ध्यान राख्नुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्ने ग्रहयोग छ । तर दिगो आम्दानी हुने काम सुरु हुने समय छ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ होला । विशेष आशा देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । तथापि, नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

आजको दिन अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि आज विशेष सावधानी अपनाउनु सहतकर होला । पढाइमा पनि आज खासै राम्रो छैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । दायित्व वृद्धि हुनेछ ।

मीन

दिन खासै उत्साहजनक नरहला । जिम्मेवारीका काम समयमा सम्पादन गर्न सकिनेछैन । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । नियमित कामको चिन्ताले सताउन सक्छ । केही अवसर जुटे पनि आज परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । वार्तामा सफलता मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट