काठमाडौं । काठमाडौंमा जारी साफ यू २० च्याम्पियनसिप अन्तर्गत आज साविक विजेता भारतले भुटानसँग खेल्दै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने समूह ‘बी’अन्तर्गतको यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुँदै छ । आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बंगलादेश र श्रीलंकासँग रहेको छ । समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।