महिला भलिबल खेलाडीसँग प्रधानमन्त्री ओलीको भेट, जनही तीन लाख दिने-Sutra News

महिला भलिबल खेलाडीसँग प्रधानमन्त्री ओलीको भेट, जनही तीन लाख दिने

सोमबार, ३ भाद्र २०८१

सोमबार, ३ भाद्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको अवसरमा आज बिहान करिब दुई घण्टा राष्ट्रिय महिल भलिबल टिमसँग बिताएका छन् ,



प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।

मुलुकको कार्यकारी प्रमुखसँग भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित बनाएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताएका थिए ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाए ।

प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही तीन लाख दिने निर्णय गरेको जानकारी गराएका थिए । खेलाडीले त्यसका लागि आभार व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट