गृहमन्त्री लेखकको दाबी- कांग्रेस-एमालेको सरकारले खुसी ल्याएको छ-Sutra News

गृहमन्त्री लेखकको दाबी- कांग्रेस-एमालेको सरकारले खुसी ल्याएको छ

सोमबार, ३ भाद्र २०८१

सोमबार, ३ भाद्र २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण खुसी ल्याएको बताएका छन् ।



काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता हुन नसक्दा जनताहरू निराश भएको भन्दै मुलुकलाई स्थिर बनाउनका लागि ठूला दल मिलेर सरकार बनाउनु परेको बताएका हुन् ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनको भनाइ थियो । उनले शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुत गतिमा अगाडि बढाउन अहिलेको सरकार सफल हुने उनको दाबी थियो ।

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयलाई एजेण्डा बनाएको भन्दै संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए ।

सरकार बनेको एक महिनामा १८ वर्षसम्म रुमलिएको संक्रमण कालीन न्याय सम्बन्धि कानून (टीआरसी)लाई संसदबाट पारित गरिसकेको भन्दै चाँडै संक्रमण कालीन न्यायको विषयलाई सम्बोधन गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट