पहिरोमा ज्यान गुमाएका मृतकका परिवारले प्रतिव्यक्ति एक लाख पाउने-Sutra News

पहिरोमा ज्यान गुमाएका मृतकका परिवारले प्रतिव्यक्ति एक लाख पाउने

सोमबार, ३ भाद्र २०८१

सोमबार, ३ भाद्र २०८१

काठमाडौं । बझाङको बुङ्गल नगरपालिका १० टुमेडागाउँमा पहिरोमा मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने भएको छ ।



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप रकम प्रदान गर्ने घोषणा गरेका हुन् । आइतबार राति परेको वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिएको थियो ।

घटनामा धामीको ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, छ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामीको मृत्यु भएको थियो ।

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट