इसेवामा निरन्तर समस्या, विकल्प खोज्दै प्रयोगकर्ता-Sutra News

इसेवामा निरन्तर समस्या, विकल्प खोज्दै प्रयोगकर्ता

सोमबार, ३ भाद्र २०८१

सोमबार, ३ भाद्र २०८१

काठमाडौं । केही दिनअघि डिजीटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो ग्राहक संख्या एक करोड पुगेको भन्दै खुसी साट्यो । हुन पनि गुगल प्ले स्टोरमा सबैभन्दा बढी पटक डाउलोड हुने नेपाली डिजीटल भुक्तानी सेवा प्रदायकमा इसेवा नै अग्रस्थानमा पर्दछ । साथै, कारोबारको स्केल पनि सबैभन्दा बढी छ ।



यद्यपि, पछिल्लो समय एकपछि अर्को गर्दै प्राविधिक समस्या भित्रिँदा इसेवाका प्रयोगकर्ता भड्किन थालेका छन् । सामाजिक सञ्जालमा इसेवाको सेवालाई लिएर निराशा पोख्नेहरु बढेका छन् । जसको प्रभाव गुगल प्ले स्टोरमा रेटिङ र रिभ्यू निराशाजनक देखिन्छ ।

धेरैले यसको सेवा निकै गुणस्तरहिन भएको टिप्पणी गरेका छन् । इसेवाको भर पर्दा आफूहरु समस्यामा परेको टिप्पणी फेसबुक पेज र गुगल प्ले स्टोरमा प्रशस्त पाइन्छ ।

निरन्तर सेवामा देखिएको समस्यालाई लिएर प्रयोगकर्ता सुर्य अधिकारी, अब इसेवाको विकल्प खोज्ने अवस्था बनेको बताउँछन् । “अब यो इसेवाको काम छैन जस्तो छ, सातामा ७ चोटी समस्या आउन थाल्यो”, अधिकारीले फेसबुकमा लेखेका छन् ।

उनीजस्तै अर्का प्रयोगकर्ता रिसभ मण्डल इसेवामा निकै लापरबाही भित्रिएको गुनासो गर्दछन् । इसेवाको सेवाले विश्वसनीयता गुमाएको उनको टिप्पणी छ ।

“अब तपाईंहरुबाट ग्राहकलाई विश्वास उठिसकेको छ, कहिले मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर नहुने, प्ले स्टोरबाट इसेवा नै गायब हुने, देशको नम्बर वान वालेट भएर यति लापरबाही ?”, मण्डको प्रश्न छ, “यति लापरबाही अन्य प्लेटफर्मले गर्दैन होला ।”

एकातिर सेवामा समस्या त अर्कोतिर पैसाको सुरक्षालाई लिएर पनि प्रयोगकर्ताले प्रश्न उठाएका छन् । जसबारे केन्द्रीय नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि चासो दिएको छ । राष्ट्र बैंकका एक अधिकारीले इसेवासँग सेवाको विषयलाई लिएर जानकारी मागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट