काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी एस. जयशङ्करसँग भेटवार्ता गरेकी छन् ।
यस क्रममा उनीहरूबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदान प्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । उनलाई भारतीय विदेशमन्त्री जयशङ्करले स्वागत गरेका थिए ।
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन् ।
पहिलो पटक मन्त्री बनेकी राणा पहिलो विदेश भ्रमणका रुपमा भारत पुगेकी हुन् । उनी भदौ ६ गते स्वदेश फर्किंने कार्य तालिका छ ।