सामान्य विवाद हुँदा हत्या गरेको अभियोगमा पुरुष पक्राउ-Sutra News

सामान्य विवाद हुँदा हत्या गरेको अभियोगमा पुरुष पक्राउ

सोमबार, ३ भाद्र २०८१

सोमबार, ३ भाद्र २०८१

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ३ डाडाँगाउँ बस्ने ४३ वर्षीया बिना कुमारी बिकको हत्या गरेको अभियोगमा सोही ठाउँका ३५ वर्षीय दलवीर सिर्पाली पक्राउ परेका छन् ।



सामान्य विवादको क्रममा दलवीरले धारिलो हतियार प्रहार गर्दा बिना कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलबाट धारिलो हतियार दाउ, हँसिया र बञ्चरो फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट