काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेकी छन् । उनले धरान चतरा घर भएका कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी हुन्।
श्रेष्ठ बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् ।
केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसके यी दुईजनाले सोमबार बत्तीसपुतलीको राम मन्दिरमा सानो वैवाहिक समारोह आयोजना विवाह गरेका हुन् ।
उनीहरुको मागी बिहे गरेको बताइएको छ। बिहेमा परिवार र निकट आफन्तको उपस्थिति थिए।
अमेरिकामा बस्दै आएकी अरुणिमा करिब एक महिना अगाडि नेपाल आएकी हुन् । नेपाल आएर उनी परिवारसँग घुमघाम गरिरहेकी थिइन् । विवाहपश्चात फेरि अमेरिका फर्किनेछिन् ।
अरुणिमाको यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले छोरी जन्माएकी थिइन् ।
सन्तान प्राप्तिसँगै उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।