दोस्रो दिन पनि घट्यो सुनको मूल्य-Sutra News

दोस्रो दिन पनि घट्यो सुनको मूल्य

मंगलबार, ४ भाद्र २०८१

मंगलबार, ४ भाद्र २०८१

काठमाडौं । उच्च बिन्दुमा पुगेसँगै स्थानीय बजारमा क्रमशः सुनको मूल्य घट्न थालेको छ ।



आइतबार प्रतितोला ५२ हजार ६ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य सोमबार तीन सय रुपैयाँले घटेको थियो । तेस्रो कारोबार दिन मंगलबार प्रतितोला थप १०० रुपैयाँले सुनको मूल्य सस्तिएको हो ।

मूल्य घटेसँगै मंगलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

स्थानीय बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने निरन्तर उकालोमै छ । महासंघका अनुसार सोमबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै चाँदी प्रतितोला १८२० रुपैयाँ पुगेको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २५०२ डलर रहेको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा १.३६ डलरले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट