काठमाडौं । पहिरो गएसँगै पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खसेको हो ।
पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए ।
मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारीको भनाइ थियो ।