बोर्डको अध्यक्षका लागि मन्त्रालयले बोलायो दिनेश र करिष्मासहित ६ जनालाई-Sutra News

बोर्डको अध्यक्षका लागि मन्त्रालयले बोलायो दिनेश र करिष्मासहित ६ जनालाई

मंगलबार, ४ भाद्र २०८१

मंगलबार, ४ भाद्र २०८१

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिने ६ जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको छ ।



सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले आवेदन दिने ६ जनालाई बुधबार र बिहीबारका लागि अन्तर्वार्ताका लागि मन्त्रालयलमा बोलाएको हो ।

अध्यक्षका लागि फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेशकुमार थापा, निर्माता तथा बोर्डका पूर्व सदस्य अर्जुनकुमार डङ्गोल, बोर्डका पूर्व सदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेतले आवेदन आवेदन दिएका छन् ।

अब, यी ६ जना कलाकर्मीसँग सञ्चार मन्त्रालयको विज्ञ टोलीले अन्तरवार्ता लिनेछ । यसपछि, ३ जना कलाकर्मीको नाम मन्त्रीपरिषद्मा सिफारिस गरिनेछ । मन्त्रिपरिषद्को निर्णयअनुसार एक जना चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनेछन् ।

सञ्चार मन्त्रालयले निवर्तमान अध्यक्ष भुवन केसीको केसीको कार्यकाल सकिएसँगै साउन १६ गते १५ दिनको समय दिएर आवेदन मागेको थियो ।

केसीको कार्यकाल सकिएपछि साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट