गठबन्धन तोडिने चर्चाबारे देउवाले भने– सहमति पालनामा शंका गर्न पर्दैन-Sutra News

गठबन्धन तोडिने चर्चाबारे देउवाले भने– सहमति पालनामा शंका गर्न पर्दैन

मंगलबार, ४ भाद्र २०८१

मंगलबार, ४ भाद्र २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेका छन् । नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।



“केपी शर्मा ओली र मेरोबिचमा भएको सहमति कसैको दबाबमा हैन, यो सहमतिप्रति शंका/उपशंका गर्न आवश्यक छैन”, देउवाले भनेका छन्, “सहमति पालनामा कांग्रेस प्रतिबद्ध छ ।”

उनले संविधान संशोधनलगायत पनि सहमति गरिने बताएका छन् । उनले संशोधन लोकतन्त्रका मूलभूत सिद्धान्तअनुरूप नै हुने जिकिर गरे ।

देउवाले गठबन्धन कसैका विरुद्ध लक्षित नभएको पनि दाबी गरे । गठबन्धनले सबै साना दललाई समेटेर अघि बढ्ने देउवाको भनाई छ ।

“गठबन्धन अरू पार्टीको खिलाफमा बनाइएको होइन”, देउवाले भनेका छन्, “माओवादी, माधवजीको पार्टी लगायत सबैलाई एक गरेर लैजाने, सबैलाई एक साथ राखेर अघि बढ्ने हो ।”

देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट