बन्दीपुरमा तीज उत्सव हुँदै, केबुलकार चढ्दा विशेष छुट पाइने-Sutra News

बन्दीपुरमा तीज उत्सव हुँदै, केबुलकार चढ्दा विशेष छुट पाइने

मंगलबार, ४ भाद्र २०८१

मंगलबार, ४ भाद्र २०८१

काठमाडौं । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा आगामी भदौ १६ देखि २३ गतेसम्म साताव्यापी बृहत्तर तिज सप्ताह उत्सव आयोजना गरिने भएको छ। उत्सव कार्यक्रम अन्तर्गत बृहत् खुल्ला तीज गीत प्रतियोगिता, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचनसमेत प्रस्तुत गरिने कार्यक्रम छ ।



त्यसैगरी,सोही अवसरमा सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका मातृशक्तिरूपी देवीको दर्शन गराउने र सबै माझ शक्तिपीठहरुको महिमा एवं शक्ति बारे परिचित गराउने कार्यक्रम समेत रहेको आयोजकले बताएको छ ।

उत्सवमा १० हजारभन्दा बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य सहित बन्दीपुरमा क्रियाशील सबै संघसंस्थाको सहकार्य रहेको बन्दीपुर तिज सप्ताह उत्सव आयोजक समिति संयोजक किरण पोखरेलले बताए ।

चन्द्र निर्माण सेवा प्रालि पोखरा मुख्य प्रायोजक, डिजाइन स्टेसन प्रालि काठमाडौं सह प्रायोजक रहने उक्त कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाहरूले विभिन्न विधाकोलागि प्रायोजन गर्ने घोषणा गरेका छन् । उत्सव कार्यक्रम माँ खड्गदेवी मन्दिर प्राङ्गणमा हुने आयोजकले बताएको छ। तीज गीत प्रतियोगितामा कम्तीमा ३० वटा टिमको सहभागिता हुनेछ ।

प्रतियोगिताको विजेता प्रथम टिमलाई १ लाख १ हजारको नगद पुरस्कार र प्रमाणपत्र, द्वितीयलाई ७५ हजार र प्रमाणपत्र, तृतीयलाई ५० हजार र प्रमाणपत्र र अन्यलाई २५ हजार र प्रमाणपत्रको पुरस्कारले सम्मान गरिने आयोजकले बताएको छ।

सो अवसरमा बन्दीपुर केबुलकारले केबुलकारको सवारीमा सांस्कृतिक पर्यटकका लागि विशेष छुटसमेत घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट