काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १९० जनाको मृत्यु भएको छ ।
विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशीमा २७, मधेसमा आठ, बागमतीमा ३२, गण्डकीमा ५६, लुम्बिनीमा ३६, कर्णालीमा १३ र सुदूरपश्चिममा १५ गरी १९० जनाको मृत्यु भएको नेपाल प्रहीले जानकारी दिएको छ ।
आज नेपाल प्रहरीले जारी गरेको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा ११, कोशीमा ३८, मधेसमा १२, बागमतीमा २३, गण्डकीमा ४५, लुम्बिनीमा १८, कर्णालीमा ५७ र सुदूरपश्चिममा ३४ गरी २३८ जना घाइते भएका छन् ।
बाढी पहिरोमा परी कोशीमा दुई, मधेसमा एक, बागमतीमा ४१, गण्डकीमा दुई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक गरी ४९ जना बेपत्ता भएका छन् ।
बाढीको कारण ३८४ घर डुबानमा परेका छन् भने ३२७ वटा घर, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।