आज मिथुन, सिंह र बृश्चिक राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मिथुन, सिंह र बृश्चिक राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

बुधबार, ५ भाद्र २०८१

बुधबार, ५ भाद्र २०८१

आज मिति २०८१ भदौ ५ गते बुधबार । सन् २०२४ अगस्त २१ तारिख । नेपाल सम्बत ११४४ गुंलागा द्वितीया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३५ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

रोकिएका घरेलु कामकाज बिस्तारै बन्दैजाने समय छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्ने सम्भावना छ, महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ला । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । भौतिक साधनले धोका दिन सक्छ, सचेत रहनुहोला । चुनौतीका बाबजुद नयाँ कामको प्रस्ताव आउने र धनआर्जनको योग छ । समस्यामा सहयोग गर्नेहरू भेटिनेछन् । परिवारिक सुख बढ्ने छ ।

मिथुन

नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् भने विगतको सफलताले थप काम गर्न हौसला दिलाउने छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । विवेकयुक्त अभिव्यक्तिले ठूलो अवसर दिलाउने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । रचनात्मक काम सुरु गर्ने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइलेखाइमा पनि प्रगति होला । पहिलेको सफलताले थप हौसला जगाउने छ आरोग्यता रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह

व्यस्तता बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । तथापि, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । केही झमेला आइलाग्न सक्ने तथा दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्ने योग छ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहला ।

कन्या

आजको दिन जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पनि मिल्ला । सहयोगीहरूले हात झिक्नाले केही समस्या पर्न सक्छ, सावधान रहनुहोला ।

तुला

ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । तपाईंको विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । विभिन्न उपहार प्राप्त हुने योग छ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको माहोल मिल्ला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक

उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउला । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । परिवारजनमा असमझदारी बढ्न सक्ने योग छ । सामर्थ्य वृद्धि हुनेछ ।

धनु

आजको दिन ठगीमा परिने सम्भावना रहेकोले आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ र कामले धेरैको मन लोभ्याउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

मकर

मिहेनत र प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्ने समय छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त होला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आयबल बढ्नेछ । खेलकूद एवम् भ्रमण कार्यमा आकर्षण रहला ।

कुम्भ

घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । मनोरञ्जनपूर्ण समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

आज अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । यात्राको योग छ तर आज अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट