काठमाडौं । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत गएराति आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीर बहादुर जिटीका अनुसार बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटो सडक सञ्चालनमा आउने गरी काम भइरहेको उनको भनाइ छ।
वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा कर्णालीका आम नागरिकले दुःख पाउने गरेका छन् ।
सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारी साधन बिच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।