अलग हुँदै लोपेज र एफ्लेक-Sutra News

अलग हुँदै लोपेज र एफ्लेक

बुधबार, ५ भाद्र २०८१

बुधबार, ५ भाद्र २०८१

काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लोपेज र पति बेन एफ्लेक आधिकारिक रूपमा अलग हुने भएका छन् । लोपेजले लस एन्जलसस्थित अदालतमा डिभोर्सका लागि निवेदन दिएको मिडिया रिपोर्टमा बताइएको छ ।



लोपेजले मङ्गलबार लस एन्जलसमा आफ्नो दुई वर्षको वैवाहिक सम्बन्ध विच्छेदको लागि निवेदन दिएको सिएनएनले उल्लेख गरेको छ । २०२२ मा विवाह गरेका लोपेज र बेन पछिल्लो समय अलग अलग बस्ने गरेको बताइएको थियो ।

यस अघि उनीहरू २००१ देखि २००४ को जनवरीसम्म रिलेशनसिपमा थिए र विवाहको मिति समेत घोषणा भएपछि विवाह स्थगित गरेका थिए । तर त्यसको २० वर्षपछि दुवै फेरी एक साथ आएर २०२१ देखि रिलेसनसिपमा रहेका थिए ।

अहिले दुवैबीचको डिभोर्सको खबरपछि लोपेजले आफ्नो समर टुर रद्द गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट