काठमाडौं । साताको दोस्रो कारोबार दिन (बुधबार)को प्रि ओपन सेसनमा नेप्से परिसूचक १४.६९ अंकले बढेको छ । यसअघिको कारोबार दिन (आइतबार) घटेको नेप्से आजको प्रि सेसनमा दोहोरो अंकले बढेको हो ।
१४.६९ अंकले बढ्दै प्रि ओपन सेसनमा नेप्से २९८१.०३ को बिन्दुमा उक्लिएको छ ।
यो सेसनमा ५० हजार ८७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ करोड २६ लाख ११ हजार रुपैयाँ बराबरको भयो ।
प्रि–ओपन सेसनमा कारोबार भएका ९९ कम्पनीमध्ये ५३ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ ।
प्रि सेसनमा सबैभन्दा बढी कुमारी बैंकको सेयर किनबेच भएको छ । कुमारीको मात्रै कारोबार रकम २१ लाख २७ हजार रुपैयाँ बराबरको रह्यो ।
लगातार बृद्धिका बीच बिहीबार नेप्से ३ हजारको बिन्दुमा उक्लिएको थियो । यद्यपि, आइतबार तिव्र उतारचढावपछि नेप्से पुनः २९ सयको बिन्दुमा ओर्लियो ।
यद्यपि, बुधबारको प्रि सेसनमा दोहोरो अंकले बढ्दै नेप्सेमा सकारात्मक संकेत देखिएको छ । नेप्सेले पुनः पुरानै गति लिने सम्भावना बढेको छ ।