काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिक पहिरो गएको छ । योसँगै सडक दुई तर्फी अवरुद्ध भएको छ । आज बिहान ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको हो ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगामा ठूलो पहिरो खसेकाले राजमार्ग ठप्प भएको छ । पहिरो झर्ने क्रम जारी भएकाले पहिरो पन्छाउन समय लाग्ने भएको छ ।
राजमार्ग बन्द भएकाले यात्रुहरूले सास्ती पाएका छन् । राजमार्ग बन्द भएसँगै वैकल्पिक मार्गका रुपमा खानीखोला-नागढुङ्गा र सीतापाइला-धार्के सडक प्रयोग गरेका छन् ।