काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज डाइभर्ट भइ भैरहवा अवतरण भएको छ । बुधबार बिहान सवा ९ बजे काठमाडौंका लागि उडान भरेको जहाज खराब मौसमका कारण काठमाडौंमा ल्याण्ड हुन नसकेपछि भैरहवा डाइभर्ट भएको थियो ।
काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेट आकासमा घुमेर भैरहवा अवतरण भएको विमानस्थल स्रोतले जनाएको दिएको छ ।
पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिएअनुसार जहाज १०ः२० मा भैरहवामा अवतरण भएको छ । उनका अनुसार बुद्धको ६६४ एयर अटिआर ७२ नम्बरको उक्त जहाजमा ७२ जना यात्रु थिए ।
वर्षासँगै भिजिविलिटीमा समस्या हुँदा आज देशभर आन्तरिक उडान प्रभावित भएको छ । यद्यपि, बुद्धले कम भिजिविलिटीमै उडान भरेको थियो ।