पार्टीबाट निष्कासन गर्नुअघि मुकुल ढकाललाई रास्वपाले स्पष्टीकरण सोध्ने-Sutra News

पार्टीबाट निष्कासन गर्नुअघि मुकुल ढकाललाई रास्वपाले स्पष्टीकरण सोध्ने

बुधबार, ५ भाद्र २०८१

बुधबार, ५ भाद्र २०८१
फाइल तस्विर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।



बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

डा. ढकालले कानूनअनुसार आफू अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गरेका छन् । यस क्रममा उनले निर्वाचन आयोगमा रास्वपाको निर्णय कानून विपरीत भएको भन्दै निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट