काठमाडौं । साताको दोस्रो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । बुधबार २.११ अंकले बढ्दै नेप्से २९६८.४४ को बिन्दुमा उक्लिएको छ ।
४६ अंकको उतारचढावपूर्ण रहेको नेप्सेमा अन्तिम समय झिनो अंकले बृद्धि भएको थियो ।
सूचकांकमा झिनो अंकको सुधार देखिएपनि बुधबार नेप्सेमा तिव्ररुपमा कारोबार रकम घटेको छ । झण्डै ३० अर्ब हाराहारीसम्म कारोबार रकम पुगेको नेप्सेमा बुधबार कारोबार रकम १९ अर्बसम्म पुग्न सकेन ।
यसदिन चार करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ मात्रै रह्यो । यसअघि आइतबार ६ करोड ५४ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको भएको थियो ।
सँगै, आइतबार तीन हजारको बिन्दुबाट नेप्से २९ सयको बिन्दुमा ओर्लिएको थियो । तर, बुधबार आशातितरुपमा नेप्सेले करेक्सनलाई पार गर्न सकेन ।
यस दिन नेप्सेका १३ समूहमध्ये ८ समूहको सूचक घट्यो भने पाँच समूहको सूचकमा केही अंकले वृद्धि भयो । समग्रमा नेप्से निकै सामान्य रहँदा वित्त समूह भने ४.९९ प्रतिशतले बढ्यो ।
बैंकिङ समूहको परिसूचक ०.५९ प्रतिशतले बढ्दा विकास बैंक ०.७२ प्रतिशतले बढ्यो । यसैगरी, लगानी ०.१२ प्रतिशतले बढ्दा अन्य ०.१८ प्रतिशतले बढ्यो ।
आज होटल तथा पर्यटन १.०३ प्रतिशतले घट्दा जलविद्युत ०.७५ प्रतिशतले घट्यो भने जीवन बीमा ०.१९ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन ०.४१ प्रतिशतले घट्यो । यसैगरी, लघुवित्त ०.५४ प्रतिशतले घट्दा, सामूहिक लगानी ०.६४ प्रतिशतले घट्यो । यसैगरी, निर्जिवन बीमा ०.६८ प्रतिशतले घट्दा व्यापार २.०९ प्रतिशतले घट्यो ।
यस दिन कारोबारमा आएका २४४ कम्पनीमध्ये ९९ कम्पनीको मूल्यमा बृद्धि भयो भने १४० कम्पनीको मूल्यमा गिरावट आयो । ५ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
झिनो अंकले नेप्से बढेपनि यसदिन पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भयो । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्ती पावरको सेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै, मल्टिपपर्स पाइनान्सको सेयरमूल्य सेयरमूल्य ९.९९ प्रतिशतले बढेर बन्द भएको हो ।
आज कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्स, अपि, एभरेष्ट बैंक लिमिटेडलगायतका कम्पनी शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै ६६ करोड २ लाख बराबरको सेयर किनबेच भएको छ ।
सूचकांक निरन्तर उकालोमा रहँदा कारोबार रकम पनि निरन्तर बृद्धि भएको थियो । यद्यपि, तीन हजारको बिन्दुबाट नेप्से ओर्लिंँदै गर्दा कारोबार रकम ह्वात्तै घटेको छ । जुन घटाईले लगानीकर्ता बाहिरिएका त होइनन् भन्ने प्रश्न पनि उठाएको छ ।