संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोकाे छापा-Sutra News

संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोकाे छापा

बुधबार, ५ भाद्र २०८१

बुधबार, ५ भाद्र २०८१

काठमाडौं । नेपाल संगीत उद्योग संघमा नेपाल प्रहरीको मानव बेचविखनमा अनुसन्धान ब्यूरोले छापा मारेको छ । बुधबार काठमाडौंको अनामनगरस्थित संघको कार्यालयमा ब्यूरोले छापा मारेको हो ।



दिउँसो कार्यालयमा पुगेको प्रहरी टोलीले कसैलाई पक्राउ भने गरेको छैन । तर, संघको कार्यालयबाट केही कागजात र कम्प्युटर प्रहरीले बरामद गरेको छ ।

संघले गैरकलाकार तथा मानिसलाई नक्कली कागजात बनाएर विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।

आम मानिसहरूलाई नक्कली कलाकार, गायक-गायिकाको कागजात बनाएर अष्ट्रेलियामा पठाउने गरेको समाचारहरू सार्वजनिक भएपछि ब्यूरोले छापा हानेको हो ।

संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोका प्रमुख एसएसपी ओम रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट