काठमाडौं । नागढुङ्गा नजिकै खसेको पहिरोले मुग्लिङ–काठमाडौं सडक अझै अवरुद्ध बनेको छ । लगातारको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिँदा सडक अवरुद्ध भएको हो ।
नागढुंगा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ । पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।
वर्षा रोकिएपछि पहिरो पन्छाउन चार घण्टा लाग्ने बताइएको छ । बिहानदेखि सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी साधनको लामो लाइन भएको छ ।