काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपमा आज समूह ‘बी’अन्तर्गतको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो जितपछि भुटानको सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ ।
अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ । आइतबारदेखि शुरु भएको प्रतियोगिताको समूह ‘ए’बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ‘ए’ बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह ‘बी’मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । त्यस्तै नेपालले समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।