समस्याग्रस्त दुई सहकारीका सञ्चालकसँग समितिले लियो बयान-Sutra News

समस्याग्रस्त दुई सहकारीका सञ्चालकसँग समितिले लियो बयान

बुधबार, ५ भाद्र २०८१

बुधबार, ५ भाद्र २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकसँग सोधपुछ गरेको छ ।



सिंहदरबारमा बुधबार बसेको समिति बैठकले कुमारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग सोधपुछ गरेको हो । काठमाडौंको चाबहिलस्थित मित्रपार्कमा अवस्थित कुमारी सहकारी यसअघि समस्या ग्रस्त घोषणा गरिएको थियो ।

यस्तै, बुधबार समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासँग पनि बयान लिएको छ । सोसाइटल सहकारी छानबिन समितिको कार्यादेशको अनुसूचीको ११ औँ नम्बरमा रहेको छ ।

विज्ञदेखि सरोकारवाला तथा सहकारी ठगीमा संलग्नसँग छलफल गरेको समितिले प्रतिवेदन लेखनको कार्य पनि अघि बढाएको छ । गत जेठ १५ गते गठन भएको समितिलाई सहकारीमा जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट