घाँसी कुवामा पहिरो खस्दा पोखरा जाने सडक अवरुद्ध-Sutra News

घाँसी कुवामा पहिरो खस्दा पोखरा जाने सडक अवरुद्ध

बुधबार, ५ भाद्र २०८१

बुधबार, ५ भाद्र २०८१

काठमाडौं । तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोले मुग्लिन-पोखरा सडक अवरुद्ध बनेको हो ।



बुधबार करिब ५ बजे पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका १२ घाँसी कुवामा ठूलो पहिरो खसेकाले मुग्लिन-पोखरा सडक पुर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

पहिरो खसेको हुनाले पहिरो पन्छाउन घण्टौं लाग्न सक्ने अनुमान गरिएको छ । पहिरो गएसँगै पोखरा जाने सवारी बाटोमा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट