काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनकी ७२ बर्सिया आमा सरस्वतीको निधन भएको हो।
विभिन्न दीर्घरोगबाट पीडित अभिनेताकी आमालाई चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो ।
विपिन आमा बिरामी भएपछि पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए ।
विपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।