भिटामिन डीको कमी भएमा कति दिनसम्म खानुपर्छ सप्लिमेन्ट ?-Sutra News

भिटामिन डीको कमी भएमा कति दिनसम्म खानुपर्छ सप्लिमेन्ट ?

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

भिटामिन डी हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ, किनभने यसले हाम्रो हड्डीलाई बलियो बनाउँछ र प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्दछ । तर, अहिले मानिसमा भिटामिन डीको कमी तीव्र गतिमा बढिरहेको छ । जसको कारण थुप्रै समस्याहरू देखिएका छन् ।



भिटामिन डीको कमी हुँदा डाक्टरहरूले त्यसको लागि सप्लिमेन्ट लिन सुझाव दिन्छन्। तर, प्रश्न उठ्छ कि यी सप्लिमेन्टहरू कति दिनसम्म लिने ?

कति दिनसम्म औषधि खानुपर्छ ?

भिटामिन डीको कमी हुँदा तपाईले औषधि लिनु पर्ने समय धेरै कारकहरुमा निर्भर गर्दछ, जस्तै तपाईको कमीको स्तर, तपाईको उमेर र तपाईको शरीरको आवश्यकताहरु। सामान्यतया, डाक्टरहरूले ८ देखि १२ हप्तासम्म भिटामिन डीको उच्च मात्राको औषधि सेवन गर्न सिफारिस गर्छन्। यो औषधि या त ट्याब्लेटको रूपमा वा तरलको रूपमा हुन सक्छ।

डाक्टरको सल्लाहको महत्त्व

प्रत्येक व्यक्तिको शरीरमा फरक-फरक तत्वकाे फरक-फरक तहमा आवश्यकता पर्दछ, त्यसैले डाक्टरसँग परामर्श गरेपछि मात्रै भिटामिन डीको औषधि लिन थाल्नुपर्छ।

तपाईंको रगतको रिपोर्टको आधारमा डाक्टरले सही खुराक र यसको समय निर्धारण गर्दछन् । कहिलेकाहीँ मानिसहरूलाई थोरै मात्रामा भिटामिन डी चाहिन्छ, जुन उनीहरूले लामो समयसम्म लिन सक्छन्, जबकि केही मानिसहरूलाई उच्च खुराक चाहिन्छ, जुन उनीहरूले केही हप्तासम्म लिनुपर्दछ।

भिटामिन डी सप्लिमेन्ट खाइसकेपछि पनि यी कुरामा ध्यान दिनुहोस्

औषधि खाइसकेपछि पनि आफ्नो खानपान र जीवनशैलीमा ध्यान दिनु जरुरी छ । घाममा समय बिताउनुहोस्, विशेषगरी बिहान, किनकि यो समयमा उपलब्ध हुने घाम भिटामिन डीको प्राकृतिक स्रोत हो। यस बाहेक तपाईंको आहारमा पनि आवश्यक ध्यान दिनुपर्ने हुन्छ ।

चेकअप गराउनुहोस्

भिटामिन डीको कमी मेटाएपछि पनि तपाईले आफ्नो डाक्टरसँग नियमित चेकअप गराउनुपर्छ। यसले तपाइँको कमी पूर्णरूपमा निको भएको छ कि छैन भनेर सुनिश्चित गर्दछ।

साथै, तपाईंले भविष्यमा कमीबाट बच्न के-कस्ता सावधानीहरू अपनाउनु पर्छ भन्ने कुरा थाहा पाउनुहुनेछ। भिटामिन डीको कमी एक सामान्य समस्या हो, तर यसलाई बेवास्ता गर्नु हुँदैन। यसलाई सही समयमा औषधि र ध्यान दिएर सजिलै निको पार्न सकिन्छ। एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट