काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार तोलाकै १ हजार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५३ हजार रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य बिहीबार प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा झरेको हो ।
सुनको मूल्यमा तिव्र उतारचढाव भइरहँदा चाँदीको मूल्यमा पनि त्यसको प्रभाव देखिएको छ । बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य २ हजार ५०१ डलरमा कायम छ । जुन बुधबारको तुलना १५ डलरले कम हो ।
विशेषगरी मध्यपूर्वमा संकट बढ्दै गर्दा सुनचाँदीको मूल्यमा तिव्र उथलपुथल भइरहेको छ । जसको प्रभाव स्थानीय बजारमा परेको देखिन्छ ।