कुमारी बैंक र इसेवाबीच ईजी लोन सुविधाका लागि सम्झौता-Sutra News

कुमारी बैंक र इसेवाबीच ईजी लोन सुविधाका लागि सम्झौता

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एपमार्फत ईजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।



कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ईजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा सम्पूर्ण प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ ।

इसेवामार्फत लिइने ईजी लोन सुविधामा लागु हुने थप सर्तबारे इसेवाको वेबसाइट/एपमार्फत जानकारी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट