काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)को प्रि ओपन सेसनमा नेप्से परिसूचक एकल अंकले बढेको छ । यसअघिको कारोबार दिन बुधबार एकल अंकले नै बढेर बन्द भएको नेप्से आजको प्रि सेसनमा पनि एकल अंकले बढेको हो ।
६.३३ अंकले बढ्दै प्रि ओपन सेसनमा नेप्से २९७४.७८ को बिन्दुमा उक्लिएको छ ।
यो सेसनमा ३२ हजार १११ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ७४ लाख ८६ हजार रुपैयाँ बराबरको भयो ।
प्रि–ओपन सेसनमा कारोबार भएका ७३ कम्पनीमध्ये ४१ कम्पनीको मूल्य बढेको छ भने १९ कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ । १३ कम्पनीको मूल्य भने स्थिर छ ।
प्रि सेसनमा सबैभन्दा बढी साइन रेसुङ्गा विकास बैंकको सेयर किनबेच भएको छ । साइन रेसुङ्गा विकास बैंकको मात्रै कारोबार रकम ३३ लाख ९२ हजार रुपैयाँ बराबरको रह्यो ।
लगातार बृद्धिका बिच केही दिनयता नेप्से सुस्ताएको छ । तीन हजारको बिन्दुबाट ओर्लिएसँगै नेप्सेमा कारोबार रकम पनि घटेको छ । बुधबार २० अर्ब पनि कारोबार रकम पुगेन ।
यद्यपि, सरकारले यहीबिच सेयर बजारलाई केन्द्रित गरी केही नीति परिवर्तन गर्ने तयारी गरेको छ । बजार अनुकुलित हुने गरी ल्याउन लागिएको नीतिले बजारलाई थप अगाडि लैजाने आशा गर्न सकिन्छ ।