काठमाडौं । विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो युट्युब च्यानल खोलेका छन् । उनले च्यानल खोलेको करिब २० घण्टामा एक करोड ६० लाख जनाले सब्सक्राइब गरेका छन् ।
यसअघि युट्युबले रोनाल्डोलाई च्यानल खोल्न प्रतिबन्ध लगाइएको चर्चा चलेको थियो । उनले बनाएको च्यानल आधिकारिक भएको दाबी छ ।
च्यानल खोलेपछि उनले १९ वटा भिडिओ हालेका छन् । जसलाई चार करोडभन्दा बढी पटक हेरिएको छ । आफूले युट्युब च्यानल खोलेकोबारे रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए ।
च्यानलमा रोनाल्डोका विभिन्न भिडिओ सम्पादन गरी टुक्रा बनाएर हालिएको छ । उनको च्यानल खोलेको २० मिनेटमा एक लाख ६५ हजार सब्स्क्राइब भएको थियो ।