भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद मान्य छैन- रवि लामिछाने-Sutra News

भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद मान्य छैन- रवि लामिछाने

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद आफूहरूलाई मान्य नहुने बताएका छन् ।



बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधयेकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद मान्य नहुने बताएका हुन् ।

लामिछानेले अहिले देशका युवाहरूले आफूलाई लगातार फोन गरेर यस विषयमा दबाब दिएकोप्रति खुशी व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षको हदम्याद मान्य नहुने बताएका हुन् ।

यो विधेयक अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशभासन समितिमा छलफलको क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट