काठमाडौं । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जिल्लाको भूमे गाउँपालिका ९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।
अरिङगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका ७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
उनका अनुसार सिस्ने गाउँपालिका ५ स्थित धौलापैरा जङ्गलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउले घाइते भएका थिए । उपचारको क्रममा घर्तीको मृत्यु भएको हो ।