काठमाडाैं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल दसैँ–तिहार लक्षित ‘फेष्टिभ डिलाइट २०८१’ योजना सार्वजनिक गरेको छ । विगतका वर्षहरुमा झै यसपटक पनि चाड पर्व लक्षित योजना सार्वजनिक गरेको हाे ।
यसवर्षको फेस्टिभल सिजनमा हुन्डाई गाडी खरिद गर्ने एक जना भाग्यशाली बिजेताले लक्कि ड्रमार्फत नेपालमा बनेको भेन्यू एसयूभी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा रु. १० लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार भदौ ११ गतेदेखि सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरूले पनि यस योजना बाट लाभान्वित हुन सक्नेछन् । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुने बताइएको छ ।