नाडा अटो शोमा ‘केइ’ले तीन मोडेल सार्वजनिक गर्ने-Sutra News

नाडा अटो शोमा ‘केइ’ले तीन मोडेल सार्वजनिक गर्ने

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा आफ्ना ३ वटा गाडीका मोडेलहरू सार्वजनिक गर्ने भएकाे छ । कम्पनीले आफ्ना ३ वटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ ।



कम्पनीका अनुसार यो योजना अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ। क्याम्पेनमा सहभागी हुन केइ नेपाल को फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ रहेको छ।

सहभागी मध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मनीको प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने बताइएको छ।

केइ नेपालको सोसियल मीडिया फलोअर तथा फ्यानहरुले यो रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्ने जनाउँदै कम्पनीले यो क्याम्पेन आज भदौ ४ गतेदेखि भदौ १० गतेसम्म चल्ने बताएको छ।

आउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं H-16 मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुका बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटीले सबैलाई गाडी पारखीहरुलाई आमन्त्रण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट